काँग्रेसले भूकम्प पीडिलाई १ करोड दिने

काठमाडौं, बैशाख २०– 
प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसले भूकम्प पीडितका लागि १ करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।

शनिबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले राष्ट्रिय वाणिज्य बैंक, सिंहदरवार शाखामा खोलेको ‘नेपाली काँग्रेस भूकम्प पीडित सहयोग कोष’ मा रकम जम्मा गर्ने निर्णय गरेको हो ।

भूकम्प पीडितको उद्धार, राहत वितरण र पुननिर्माण कार्यलाई चुस्त र प्रभावकारी बनाउन सरोकारवाला मन्त्रालयबीच आवश्यक समन्वय गर्ने निर्णय गरेको बैठकले पीडितका लागि आर्थिक सहयोग जुटाउन पार्टीका कार्यकर्ता र समर्थकलाई पनि आग्रह गरेको छ ।


Share on Google Plus

About ADVENT

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment

0 comments:

Post a Comment