दुई तलाभन्दा अग्लो घर बनाउन नपाइने

असार मसान्तसम्मका लागि नयाँ भवन निर्माणमा रोक


४ जेठ, काठमाडौं । दुईवटा विनाशकारी भूकम्पले देशका अधिकांश स्थानमा हजारौं भौतिक संरचना ध्वस्त पारेपछि सरकारले देशभर नयाँ भवन निर्माणमा प्रतिबन्ध लगाएको छ ।


सोमबार स्थानीय विकास मन्त्रायलयले देशभरका नगरपालिका र जिल्ला विकास समितिहरुलाई परिपत्र गर्दै असार मसान्तसम्मका लागि नयाँ भवन निर्माणमा रोक लगाउन निर्देशन जारी गरेको हो ।


भूकम्पले देशका विभिन्न स्थानमा भौतिक संरचना क्षतिग्रस्त भएपछि भवननिर्माण संहिता तथा भवन निर्माण निर्देशिका संशोधन गरिएपछिमात्रै नयाँ भवन बनाउन दिन भनेको हो ।


उपप्रधान तथा स्थानीय विकासमन्त्री  प्रकाशमान सिंहको उपस्थितिमा भएको निर्णयमा भूकम्पअघि नक्सा पास भई बनिरहेका भवन पनि असार मसान्तसम्मका लागि दुई तलाभन्दा अग्ला बनाउन नदिने निर्णय गरेको छ ।


मन्त्रालयले असार मसान्तसम्मका लागि नक्सा पास नगर्ने निर्णय गर्दै जग्गा प्लटिङ र संयुक्त आवास निर्माणमा समेत रोक लगाएको छ । जग्ग प्लटिङ गरी संयुक्ता आवास बनाउँदा अब अनिवार्यरुपमा निश्चित खुल्ला जग्गा छोड्नुपर्ने मन्त्रलायले सोमबार निर्णय गरेको छ ।


‘मापदण्डविपरित नक्सा पास गर्ने, भवनको निर्माण अनुमति दिने तथा त्यस्ता कार्यमा संलग्न कर्मचारीहरुमाथि कारबाही थालिने छ’, मन्त्रालयको निर्णयमा भनिएको छ, ‘नियमविपरित घरको डिजाइनमा संलग्न इन्जिनियरहरुमाथिसमेत छानविन गरी इन्जिनियरिङ एसोसियसनमार्फ कारबाही अघि बढाइने छ ।’


Share on Google Plus

About ADVENT

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment

0 comments:

Post a Comment