टेभेज चम्केपछि युभेन्टसले रियललाई हरायो

काठमाडौं, वैशाख २३ 
विश्वका महंगा खेलाडीहरुले भरिएको स्पेनिस क्लब रियल मड्रिड युएफा च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलको पहिले लेगमा पराजित भएको छ ।

कार्लोस टेभेज आफूले एक गोल गर्दा अर्को गोलका लागि पास मिलाइदिएपछि मंगलबार मध्यराति भएको खेलमा इटालियन क्लब युभेन्टसले पाहुना टिम रियललार्इ २-१ गोल अन्तरले पराजित गरेको हो ।

डिफेन्डिङ च्याम्पियनलार्इ झट्का दिने क्रममा युभेन्टसका लागि अल्भारो मोर्राटा र कार्लोस टेभेजले एक-एक गोल गरे ।

पराजित पाहुना टोली रियाल मड्रिडका लागि क्रिश्चियानो रोनाल्डोले एक गोल फर्काउन सफल भए ।

रियललार्इ हराएपछि युभेन्टसले च्याम्पियन्स लिगको फाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ । रियल भने दोस्रो लेगमा युभेन्टसलार्इ हराउनै पर्ने दबाबमा परेको छ ।



Share on Google Plus

About ADVENT

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment

0 comments:

Post a Comment