सगरमाथाको आधारशिविर रित्तियो

सल्लेरी (सोलुखुम्ब), वैशाख २३ 
 विनाशकारी भूकम्पसँगै गएको हिमपहिरोले सगरमाथाको आधारशिविर रित्तिएको छ । सगरमाथा आरोहणका लागि ४२ समूहले अनुमति लिएको भए पनि प्रतिकूल मौसम र बाटो बिग्रिएका कारण अधिकांश आरोहीले आरोहण दल रद्द गरी आधारशिविर छाडेपछि सगरमाथाको आधारशिविर रित्तिएको हो । 



आधारशिविरमा अहिले भारतीय सेनाको आरोहण दल मात्र रहेको र उनीहरुले हिमपहिरोपछि प्रदूषित बनेको आधारशिविरको सरसफाइ गरिरहेको आरोहणमा सहभागी आङफुला शेर्पाले जानकारी दिए । 'अरु सबै फर्किसके अब बाँकी रहेका भारतीय सेनाका समूहले सरसफाइ र फोहर मैलाको व्यवस्थापन गरिरहेको छ,' उनले भने । 

हिमपहिरोपछि क्याम्प १ देखि क्याम्प २ सम्मको सबै भ भर्‍याङ भत्किएका छन् भने बाटो बिग्रिएको छ । बाटो बिग्रिएका कारण दुईवटै क्याम्पमा अलपत्र परेका आरोहीलाई हेलिकप्टरमार्फत आधारशिविर झारिएको थियो । 

यता बाटो निर्माणको जिम्मा पाएको सगरमाथा प्रदूषण नियन्त्रण समितिले बाटो बनाउने प्रयास गरे पनि सोभन्दा माथिको बाटो निर्माणका लागि अर्को एक्सपिडिसन टोलीले बाटो निर्माण गर्नुपर्ने प्रावधान भए पनि उनीहरु कोही पनि सम्पर्कमा नआएकाले बाटो अलपत्र अवस्थामा रहेको एसपिसिसीका महासचिव लाक्पागेलजेन शेर्पाले बताए । उनले भने, 'आरोही नै नभएपछि बाटो बनाउनुको अर्थ रहेन । आइसफल डाक्टर त तयारी अवस्थामा छन् । आधारशिविरमा रहेको एउटा आरोहणदल पनि फर्केपछि यो सिजनको आरोहण पनि अनिश्चित नै बनेको छ ।' 

यसैबीच विनाशकारी भूकम्पपछि गएको हिमपहिरोमा १४ नेपाली र चार विदेशी गरी १८ जनाले ज्यान गुमाएका थिए भने दर्जनौँ घाइते भएका थिए ।

प्राकृतिक विपत्तिसँगै सगरमाथा आरोहण असुरक्षित बन्दै गएकोमा आरोहीले चिन्ता व्यक्त गरेका छन् । रासस 
Share on Google Plus

About ADVENT

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment

0 comments:

Post a Comment