आइपिएल उपाधि मुम्बई इन्डियन्सलाई

mumbai



१० जेठ, मुम्बई । आठौँ संस्करणको इन्डियन प्रिमियर लिगको उपाधि मुम्बई इन्डियन्सले जितेको छ।



आइतबार इडन गार्डेन स्टेडियममा मुम्बई इन्डियन्सले चेन्नई सुपर किङ्सलाई ४१ रनले हराउँदै उपाधिमाथि कब्जा जमाएको हो।



टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरको खेलमा ५ विकेट गुमाएर २०२ रन बनाएको थियो। २०३ रनको लक्ष्य पछ्याएको चेन्नई सुपर किङ्स १५० रनमा समेटिएको थियो।



मुम्बईलाई जिताउने क्रममा लेंडल सिमन्सले सर्वाधिक ६८ रन बनाए। ४५ बल खेलेका उनले ८ चौका र ३ छक्का प्रहार गरेका थिए।



यस्तै कप्तान रोहित शर्माले ५० रनको पारी खेले। २६ बल खेल्दै ६ चौका र २ छक्का प्रहार गरेका उनी ब्राभोको बलमा जडेजाबाट क्याच भए।



पोलार्ड र राइडुले समान ३६ रन बनाए।



यता कठिन लक्ष्य पछ्याएको चेन्नई डिआर स्मिथको ५७, सुरेश रैना २८ तथा कप्तान महेन्द्र सिंह धोनीको १८ रन बाहेक अरूले जमेर खेल्न सकेनन्।



मुम्बईका मिचेल क्लिनागनले ३, लासिथ मालिङ्गा र हरबजन सिंहले समान २-२ विकेट लिए।



तस्विरहरूः आइसिसि



mumbai1 mumbai2 mumbai3 mumbai5 mumbai6 mumbai7 mumbauo mumbau4 mumbai8 mumbai9 mumbai10

Share on Google Plus

About ADVENT

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment

0 comments:

Post a Comment