गर्भवती महिलाको दश दिनपछि जंगलबाट उद्धार

चरिकोट, वैशाख २१

चौँरी चराउन जङ्गल गएकी एक गर्भवती महिलाको विनाशकारी भूकम्पको दश दिनपछि उद्धार गरिएको छ । 

गौरीशङ्कर गाविसकी गर्भवती महिलाको नेपाली सेनाको हेलिकप्टरबाट सोमबार उद्धार गरिएको हो । जङ्गलमै अलपत्र परेको खबर पाएपछि चरिकोटस्थित बर्दबहादुर गणका प्रमुख सेनानी विश्वासविक्रम शाह आफै हेलिकप्टरमा गएर उद्धार गरेका थिए ।





 














ती महिलाको उद्धार गरी गौरीशङ्कर गाविसको लुमान पुर्याइएको प्रमुख सेनानी शाहले जानकारी दिए ।  “दश दिनदेखि गर्भवती महिला भोकभोकै थिइन्, चारैतिर पहिरो गएकाले निस्किन सकिरहेकी थिइनन्”, उनले भने ।
 
लुमानमा अलपत्र तीन बालबालिका र ७२ वर्षीया वृद्धाको उद्धार गरेर लप्सी गाविस पुर्याइएको छ । आजै लप्सीबाट एक भारतीय र अर्का बेलायती नागरिकको उद्धार गरी चरिकोट ल्याइएको शाहले बताए । 

“लामाबगरमा अलपत्र परेका २४ यार्सागुम्बा संकलकलाई समेत उद्धार गरेका छौँ” उन भने । रासस 
Share on Google Plus

About ADVENT

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment

0 comments:

Post a Comment