अमिर खानले भने–नेपालको भूकम्पले 'मेरो मुटु टुट्यो’

भूकम्प पीडित बालबालिकालार्इ सहयोग गर्न आग्रह

काठमाडौं : बलिउडका चर्चित अभिनेता अमिर खानले नेपालमा भूकम्पले क्षति पुयाएको सुनेर आफ्नो ‘मुटु टुटेको’ प्रतिक्रिया दिएका छन् ।


सामाजिक अभियन्ता समेत रहेका खानले आइतबार ट्वीट गर्दै नेपालमा भूकम्पबाट हजारौंले ज्यान गुमाएको थाहा पाउँदा आफू स्तब्ध भएको बताएका हुन् ।

आफूले केही समयअघि नेपालको भ्रमण गरेको स्मरण गर्दै अमिरले भूकम्प पीडितलाई तत्काल सहयोगको हात बढाउन आग्रह गरेका छन् ।

उनले भूकम्प पीडित बालबालिकाहरुलार्इ युनिसेफमार्फत सहयोग प्रदान गर्न अपिल गरेका हु्न् ।

‘मैले केही समयपहिले नेपालको भ्रमण गरेको थिएँ’, अमिरले भनेका छन्, ‘भूकम्प पीडित बालबालिकालाई सहयोगको हात अघि बढाउनुस् ।’

उनको आग्रपछि उनका फ्यान र प्रशंसक नेपालका भूकम्प पीडित बालबालिकालार्इ सहयोग जुटाउन अग्रसर भएका छन् ।
Share on Google Plus

About ADVENT

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment

0 comments:

Post a Comment