यौन आनन्द प्राप्त गर्न के गर्नुपर्छ ?

यौन प्रतिक्रिया चक्रको सन्दर्भमा पुरुषमा जस्तै महिलामा पनि उत्तेजनाको चरण, एबितभबग एजबकभ, चरमसुखको चरण र च्भकयगितष्यल एजबकभ हुन्छ । प्लाटो फेजमा भएको यौन स्टिमुलेसन निरन्तर रूपमा बढाउँदै लान सकिए त्यस्तो बिन्दुमा पुगिन्छ जहाँ पुगेपछि व्यक्ति यौन तनावबाट मुक्त हुन्छ । यसको अवधि निकै छोटो हुने भए पनि मानव यौनजीवनमा यो चरणको विशेष महत्व छ, किनभने यसबेला नै मानिसले प्राप्त गर्न सक्ने सुख वा आनन्दमध्ये सर्वोत्कृष्ट सुखको अनुभव गर्छ । यसैलाई चरमसुख भनिन्छ । स्वर्गीय आनन्द, चरम आनन्दजस्ता कैयौं शब्द यसका लागि प्रयोग हुन्छन् । तपाईंले आनन्द आएन भन्ने कुरा यही चरणका सन्दर्भमा उठाएको हुनुपर्छ ।
चरमसुखको चरणमा मांसपेशीहरूमा तनाव आउँछ र त्यो आफैं खुम्चने तथा खुल्ने हुन्छ । श्वास-प्रश्वास तथा मुटुको गति बढेर दोब्बर हुन्छ र रक्तचाप पनि बढ्छ । महिलाहरूमा पाठेघर तथा योनिको बाहिरी भाग एवं शरीरको तल्लो भागका मांशपेशीहरू खुम्चने तथा फुक्ने हुन्छ । पूर्ण चरमसुख पाउँदा यस्तो मांसपेशी खुम्चने फुक्ने क्रम १० देेखि १५ पटकसम्म हुन्छ । यतिबेला जुन सुखानुभूति हुन्छ हामी त्यसलाई चरमसुख वा चरम आनन्द भन्छौं । पुरुषहरूको हकमा भने यो केही फरक हुन्छ । सुरुमा आन्तरिक अङ्गहरू खुम्चने फुक्ने क्रम चल्छ र वीर्यलाई मूत्रनलीमा धकेल्छ । यो अवस्थामा स्खलन रोकिन नसक्ने भएकाले यसलाई प्वाइन्ट अफ नो रिटर्न पनि भनिन्छ । त्यसपछि मूत्रनली, लिङ्ग तथा पौरुष ग्रन्थिको खुम्चने फुक्ने क्रम सुरु हुन्छ र वीर्य पनि बाहिर निस्कन्छ ।

आधारभूत रूपमा महिला तथा पुरुषमा यौन प्रतिक्रिया चक्र उस्तै हुन्छ तर पनि केही कुरामा भने भिन्नता देख्न सकिन्छ । यदि चरमसुखको चरण पछि पनि यौन स्टिमुलेसन निरन्तर रूपमा भैरह्यो भने कतिपय महिलाले एकपल्टभन्दा बढी चरमसुख प्राप्त गर्न सक्छन् । पुरुषहरूमा भने त्यस्तो हुँदैन । पुरुषहरू चरमसुख पाएर पुरानै अवस्था फर्किएपछि केही समयका लागि यौन रूपमा उत्तेजित गर्न नसकिने अवस्थामा जान्छन् ।

किन आनन्द नआएको होला ?

विवाहपूर्व यौनसम्पर्कको मुख्य उद्देश्य यौन सुख प्राप्त गर्नु हुन्छ न कि सन्तान जन्माउने, तर यौनसम्पर्कपछि पनि आनन्द वा चरमुख प्राप्त गर्न नसक्दा निकै खल्लो अनुभव हुन्छ । यौन सम्पर्क राख्दैमा यौन आनन्द प्राप्त भैहाल्ने होइन । यौन संवेदनशील अङ्गको स्पर्श, घर्षण जस्ता कुरामा पनि आनन्द नआउने होइन, तर माथी भनिएजस्तै यौन संवेदनशील अङ्गको घर्षण, मर्दन वा चलाउने जस्ता कार्य गरी निरन्तर रूपमा यौन उत्तेजनालाई बढाउँदै लगेर यौन चरमसुखको तहसम्म पुग्नु आवश्यक छ । त्यस्तो स्थितिसम्म नपुगिएको स्थितिमा यौन आनन्द पाइने कुरा भएन ।

तपाईं र तपाईंको केटासाथीको उमेर र तपाईले यौनसम्पर्क राख्दाको परिस्थिती कस्तो थियो, थाहा भएन । यौनसम्पर्कबाट आनन्द लिन व्यक्ति शारीरिक रूपमा मात्र होइन, मानसिक रूपमा पनि तयार हुनुपर्छ । विशेष गरेर विवाहपूर्व गरिने यौनसम्पर्क लुकाएर गरिनुपर्ने भएकाले धेरै हदसम्म तनावयुक्त वातावरणमा हतारका साथ भएको हुन्छ । सहमतिमै भएका यौनसम्पर्क पनि समस्याविहीन हुने होइनन् । त्यसैले जोसमा होस गुमाउनु हुँदैन अन्यथा अनिच्छित गर्भ वा यौनरोगको समस्या भोग्नुपर्ने सम्भावना हुन्छ । तपाइर्ंहरूबीचको सम्बन्ध कस्तो प्रकारको तथा कति गहिरो छ ? यदि सम्बन्ध त्यति गहिरो छैन भने यौनसम्पर्क राख्ने कार्य ठीक हो वा होइन भन्ने प्रश्न मनमा भएको अवस्थामा तपाईं यौनसम्पर्कका लागि मानसिक रूपमा पूर्ण तयार भएको मानिंदैन । यस्ता कतिपय कारणले विवाहपूर्व यौनसम्पर्क राख्ने कुरा ठीक मानिँदैन ।

के गर्नुपर्ला ?

पुरुष तथा महिलाको यौन प्रतिक्रिया चक्रमा हुने भिन्नता तथा अन्य कारणले हरेक यौनसम्पर्कमा यो सम्भव हुन सजिलो छैन । कतिपय स्थितिमा पुरुषको र कतिपय स्थितिमा महिलाको यौनसुख प्राप्तिलाई ध्यानमा राखेर यौन क्रियाकलापमा संलग्न हुन सके महिलालाई यौन सुख प्राप्त गर्न सहज हुन्छ । यौन प्रतिक्रिया चक्रमा मात्र होइन, महिलाको यौनाङ्गको फरकपनलाई पनि ध्यान दिनुपर्छ । तपाईंलाई थाहै होला, महिलाको सबैभन्दा यौन संवेदनशील अङ्ग ‘भगांकुर’ बाहिरतिर नै हुन्छ । सामान्यत: पुरुष माथि र महिला तल रहेर गरिने यौनसम्पर्कले महिलाको भगांकुरलाई घर्षण गर्दैन । महिला माथितिर रहेको अवस्थामा महिलाले आफूले चाहेजस्तो कटी प्रदेश चलाउन सक्छिन्, जसले यौनसुख प्राप्त गर्न सहज हुन्छ । तपाईंलाई थाहै होला, भगांकुरलाई हात वा औंलाले नै चलाएर यौन चरमसुख प्राप्त गर्न सहयोग गर्न सकिन्छ । यौन प्रसाधन जस्तै भाइब्रेटरको प्रयोग पनि अर्को उपाय हो । तपाईंले हस्तमैथुन गरेर यौन आनन्द प्राप्त गर्नुभएको छ कि छैन, जानकारी दिनुभएको भए जवाफ दिन सजिलो हुने थियो ।

त्यसबाहेक योनि, स्तन तथा अन्य यौन संवेदनशील अङ्गको मर्दन, घर्षण, अनि चलाउनेजस्ता अनेक क्रियालापमा संलग्न हुन सकिन्छ । पुरुषहरूजस्तै महिलाहरू पनि यौन उत्तेजक दृश्य, स्पर्श अनि यहाँसम्म कि परिकल्पनाले पनि उत्तेजित हुन्छन् । यौन क्रियाकलापमा संलग्न हुँदा पाक्क्रीडामा संलग्न भए यौन उत्तेजना प्राप्त गर्न र चरमसुखसम्म पुग्न थप सजिलो हुन्छ । यसले यौन सम्पर्कमा संलग्न दुवै जनालाई सँगसँगै यौन चरमसुख प्राप्त गर्न सहयोग गर्छ ।
Share on Google Plus

About ADVENT

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment

0 comments:

Post a Comment