यसरी भेटियो भग्नावशेषमा अढार्इ करोड

काठमाडौं, वैशाख २१
काठमाडौंको बालाजुस्थित एक घरको भग्नावशेषमा अढार्इ करोड बढी रुपैयाँ भेटिएको छ । बालाजु औद्योगिक क्षेत्रभित्र रहेको बैंक अफ काठमाडौंको कार्यालय रहेको भवनको भग्नावशेषमा सो रकम भेटिएको हो ।




भग्नावशेषमा खोजी गर्ने क्रममा खटिएको सशस्त्र प्रहरीको टोलीले २ करोड ४८ लाख ८५ हजार ४ सय ९ नेपाली रुपैयाँ,  २ हजार ८ सय ७९ अमेरिकन डलर र ७१ थार्इ भाट फेला पारेको हो ।

सशस्त्र प्रहरी निरीक्षक धिरेन्द्र चन्दको नेतृत्वमा खटिएको सर्च एण्ड रेस्क्यु टोलीले भग्नावशेषबाट सो रकम निकाल्न सफल भएको हो । बालाजु क्षेत्रको भग्नावशेषमा उद्धार तथा खोजीका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली खटिएको थियो ।

खोजीका क्रममा रेस्क्यु टोलीले बैंकका सेफसहितका रकम भेटाएपछि बैंकका कर्मचारीलार्इ त्यहाँ लगेर रकम निकालेको हो ।




Share on Google Plus

About ADVENT

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment

0 comments:

Post a Comment