स्पेनमा मगन्तेले पनि गर्यो भूकम्प पीडितलाई सहयोग

स्पेन, वैशाख १९

शनिबार र आइतबार नेपालमा गएको महाभूकम्पमा परेका मृतक परिवार तथा घाइतेहरुको राहत संकलनको लागि विदेशमा रहेका नेपाली हरु एकजुट भएका छन् ।



राहत संकलनको क्रम मा यस्तो दयनिय मन भएको व्यक्तिहरु पनि भेटिन्छ कि यसको हामीहरु अनुमान पनि गर्न सकिन्न । तर स्पेनको बार्सिलोनामा यस्तै घटना घट्यो एक व्यक्ति जसको आङ्गमा एक झुत्रो कपडा थियो ।
हातमा एक टोकरी लिएर बिहान बेलुका छाक टार्न र बस्न को लागि संघर्सरत थियो । तर, उसको नजरले पनि देख्यो नेपालको दयनिय पिडा जसमा उसको आफ्नो पिडा भन्दा बढी नेपालको पिडा सम्झेर आफुले मागेर जम्मा गरेको रकम पनि नेपालमा भएको घटनाको लागि एन आर स्पेनले आयोजना गरेको खुल्ला रकम संकलनमा सहयोग गर्दा धेरै नेपाली आस्चर्य चकित भए ।

पपलेस पारा तोदोस भन्ने सस्था ले मजदुर दिवसको अवसरमा गरेको कार्यक्रम मा एन.आर.एन ए. स्पेनले राहत रकम संकलनका लागि अपिले गर्दै टिसर्ट बिक्रि वितरण गरेको थियो ।

कार्यक्रममा नेपालको वर्तमान अवस्थाको बारेमा जानकारी गराउदै गैर आवाशीय संघ स्पेनका उपाध्यक्ष अर्जुन आचार्यले यस्तो प्राकृतिक बिपत्तिको घडीमा सबैमा सहयोगको लागि अपिल गरेका थिए ।

उक्त कार्यक्रममा स्पेन का सम्पूर्ण संघ सस्था तथा नेपाली दाजु भाई तथा दिदि बहिनि हरु उपस्थित भई सहयोग रकम संकलनका लागि जुटेका थिए ।
Share on Google Plus

About ADVENT

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment

0 comments:

Post a Comment