‘नेपाल अर्थक्वेक २०१५’ एप्लिकेशन गुगल प्ले स्टोरमा

काठमाडौं, वैशाख २० 
‘नेपाल अर्थक्वेक २०१५’ एप्लिकेशन गुगल प्ले स्टोरमा सार्वजनिक गरिएको छ । नेपालमा वैशाख १२ गते गएको ७ दशमलव ८ रेक्टर स्केलको भूकम्पले पुर्याएको नोक्सानी कम गर्न साथै राहतका लागि अपिल गर्न एन्ड्रोइड फोनमा यो एप्लिकेशन प्रयोग गर्न सकिनेछ ।


तोयनाथ पञ्चांग र स्प्यारो एसएमएसको सहकार्यमा एप्लिकेशन तयार गरिएको हो । सहयोगको अपिल www.help.sparrowsms.com मार्फत गर्न सकिनेछ भने सहयोगको अपिल स्प्यारो एसएमएसको वेबसाइट र एप्पबाट हेर्न सकिन्छ । 
साथै हस्पिटल, प्रहरी, भूकम्प सम्बन्धी समाचार, पिउने पानी, बासस्थान, खाना, रक्तदाता, लत्ताकपडा, औषधि, स्वयंसेवक एवं आर्थिक सहयोग गर्ने लिंक पनि एप्लिकेशनमा समावेश गरिएको छ ।
Share on Google Plus

About ADVENT

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment

0 comments:

Post a Comment