विश्व ट्वान्टी–२० छनोटको प्रारम्भिक टोली घाेषणा

५ जेठ, काठमाडौं । नेपालले विश्व ट्वान्टी–२० छनोट र विश्व क्रिकेट लिग च्याम्पियनसिपका लागि पहिलो चरणमा २२ सदस्यीय टोलीको घोषणा गरेको छ । नेपाल क्रिकेट संघ (क्यान) ले दुई ठूला प्रतियोगिताका लागि मंगलबार प्रारम्भिक टोलीको घोषणा गरेको हो ।


विश्व ट्वान्टी–२० छनोट जुलाई ९ बाट आयरल्यान्डमा सुरु हुँदैछ । नेपालले जुलाई १० मा अमेरिकासँग प्रतियोगिताको पहिलो खेल खेल्ने छ । त्यस्तै च्याम्पियनसिपमा नेपालले स्कटल्यान्डसँग जुलाई २९ र ३१ मा खेल्ने छ । दुवै खेल स्कटल्यान्डमा हुनेछ ।


पारस खड्का, शरद भेषावकर, बसन्त रेग्मी, सोमपाल कामी, करण केसी, सुवास खकुरेल, ज्ञानेन्द्र मल्ल, शक्ति गौचन, सागर पुन, विनोद भण्डारी, भुवन कार्की, प्रदीप ऐरी, जीतेन्द्र मुखिया, पृथु बाँस्कोटा, अनिल मण्डल, सिद्धान्त लोहनी, महबुब आलम, राजेश पुलामी, अविनाश कर्ण, महेश क्षेत्री, हरिशंकर शाह र सौरभ खनाल क्यानले घोषणा गरेको प्रारम्भिक टोलीमा छन् ।


विश्व ट्वान्टी–२० छनोटको समूह ‘ए’ घरेलु टोली आयरल्यान्डसँगै हङकङ, पपुवा न्यु गिनी, नामिबिया, अमेरिका र जर्सी छन् । त्यस्तै समूह ‘बी’ मा अफगानिस्तान, युएई नेदरल्यान्ड्स, स्कटल्यान्ड, क्यानाडा, केन्या र ओमान छन् ।


प्रतियोगिताका शीर्ष ६ टोली अर्को वर्ष बंगलादेशमा हुने ट्वान्टी–२० विश्वकपमा छानिने छन् । क्यानले अघिल्लो दिनमात्र विश्व ट्वान्टी–२० छनोट र च्याम्पियनसिपका लागि राष्ट्रिय टोलीलाई भारत हुँदै बेलायत र नेदरल्यान्ड्स पठाउने जनाएको थियो ।

Share on Google Plus

About ADVENT

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment

0 comments:

Post a Comment