कालीगण्डकीमा सधैं जोखिम

१२ जेठ, काठमाडौं । संसारकै अग्लो खोंच भएको कालीगण्डकी क्षेत्र भौगोलिक बनोटकै कारण सधैं पहिरोको जोखिममा छ। 'कमजोर भूगोल भएको यो क्षेत्र धेरै जोखिममा छ', कालीगण्डकीकै पहिरोमा विद्यावारिधि गरेका वसन्तराज अधिकारीले भने।



अनुसन्धानकर्ताहरूका अनुसार कालीगण्डकी नदी हुँदै दुईवटा ठूला दरार पूर्व-पश्चिम फैलिएका छन्। तीमध्ये कालीगण्डकीको दानाबाट एउटा ठूलो मुख्य दरार तथा कोप्चेपानीबाट अर्को दरार पास हुन्छ।



'मुनि दरार भएपछि स्वभावैले ती क्षेत्र कमजोर हुन्छन्। भूकम्प आउँदा धेरै हलचल हुन्छ र छिटो पहिरो जान्छु, अधिकारीले भने।कालीगण्डकी उपत्यकाको लेतेसम्मै पहिरोको दृष्टिकोणले बढी जोखिम छ।



कालीगण्डकी उपत्यकाको नारायणघाटदेखि लोमान्थाङसम्मै फरक बनोटका पहाड छन्। एकथरी कमजोर चट्टान र अर्कोथरी माटो भएका पहाड छन्।



अधिकारीका अनुसार लार्जुङदेखि लोमान्थाङसम्मको क्षेत्रमा कमजोर ढुंगोमाटो बढी छ। तल्लो भेगमा भने बढी चट्टान छ। कालीगण्डकी पहिरो स्थलगत अध्ययन गरेर फर्किएका जलवायु तथा मौसम विज्ञान विभागका बाढीविज्ञ विनोद पराजुलीका अनुसार पहिरोमा चट्टानका सानासाना टुक्रा बढी देखिन्छन्।



अग्लो खोंच भएका कारण पनि यस क्षेत्रमा बढी पहिरो जाने विज्ञहरू बताउँछन्। 'दायाँबायाँ अग्ला र भिरालो पहाडमुनि कालीगण्डकीले खियाउँदा सधैं पहिरो झर्ने सम्भावना हुन्छ। जति भिरालो छ, त्यति नै धेरै ढुंगा खस्ने सम्भावना हुन्छ', अधिकारीले भने।



विज्ञहरूका अनुसार हिमालय क्षेत्रमा पाइने कमजोरमध्येका केही चट्टान यहाँ पाइन्छन्। अधिकारीले भने, 'धेरै कमजोर चट्टान पाइन्छन्। त्यसमध्ये फिलाइट चट्टान पनि यो क्षेत्रमा धेरै छ।'



पराजुलीका अनुसार कालीगण्डकी पहिरोमा बाक्लो र भिरपाखाको भित्री भाग उप्किएर आएको छ। पहिरोबारे विशेष अध्ययन गरिरहेका इन्जिनियरिङ भूगर्भविद् डा. रञ्जन दाहालका अनुसार कालीगण्डकीको किनारका पहाड कमला छन्। 'पहाडको माथिल्लो भागमा पहिरोपछि थुप्रिएको जस्तो क मलो माटो छ। तल्लो भागमा चट्टान बढी छ', दाहालले भने।



कालीगण्डकी र आसपासको पहिरोबारे धेरै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अध्ययन भएका छन्। आइतबार सुख्खा पहिरोले नदी थुनिएपछि पुल्चोक क्याम्पसका उपप्राध्यापकसमेत रहेका अधिकारीसहित चार अमेरिकी भूगर्भविद्को टोलीले कालीगण्डकी क्षेत्रको अध्ययन गरेको छ।



विज्ञान प्रविधि तथा वातावरण मन्त्रालयअन्तर्गतको जलवायु तथा मौसम विज्ञान विभागका अधिकारीसहितको समूहले एकदुई दिनभित्रै कालीगण्डकी पहिरोको थप अध्ययन गर्ने तयारी गरेको छ।



पराजुलीले भने, 'पहिरो भएकै ठाउँमा गएर बाढीको प्रकृति, प्रकार र आकार अध्ययन गर्छौं।' पहिरोले थुनिएको कालीगण्डकीको तालमा ३५ लाख घनमिटर पानी जम्मा भएको थियो।



भूकम्पपछि धेरै पहाडी क्षेत्रमा जमिन चिरा पर्दा पहिरोको खतरा बढेको छ। सरकारले विभिन्न अन्तर्राष्ट्रिय संस्थाहरूसँग मिलेर गरेको अध्ययनले भूकम्प प्रभावित जिल्लामा मात्रै पनि तीन हजारभन्दा बढी पहिरो पहिचान गरिसकेको छ।

Share on Google Plus

About ADVENT

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment

0 comments:

Post a Comment