रोनाल्डोलाई जित्दै मेस्सी बने सर्वाधिक गोलकर्ता

काठमाडौं, वैशाख २४ 
चिरप्रतिद्वन्द्वी क्रिष्टियानो रोनाल्डोलाई पछि पार्दै बार्सिलोनाका लिओनल मेस्सी च्याम्पियन्स लिगको सर्वाधिक गोलकर्ता बनेका छन् ।



मंगलबार राति युभेन्टससँग २–१ ले पराजित भएको खेलमा रोनाल्डोले एक गोल गरेका थिए । गोलसँगै उनले मेस्सीलाई पछि पारे ।

तर, यो २४ घन्टाभन्दा टिक्न सकेन । बुधबार राति भएको खेलमा बार्यन म्युनिखविरुद्ध बार्सिलोनालाई ३–० को जित दिलाउने क्रममा मेस्सी एक्लैले दुई गोल गरे ।

यससँगै मेस्सी एक गोलले अघि रहँदै च्याम्पियन्स लिगको सर्वाधिक गोलकर्ता बनेका छन् । मेस्सीले ९६ खेलमा ७७ गोल गरेका छन् । रोनाल्डोले भने ७६ गोलका लागि ११३ खेल खेलेका छन् ।
Share on Google Plus

About ADVENT

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment

0 comments:

Post a Comment