भ्यालेन्सियाका खेलाडीले जर्सीमा नेपाली अक्षर लेखेर खेले

football

४ जेठ, स्पेन । नेपाली भूकम्प पीडितलाई आर्थिक सहयोग संकलन गर्ने उद्देश्यले आइतबार स्पेनी क्लब भ्यालेन्सियाका खेलाडीले सेल्टा भिगोविरुद्धको खेलमा नेपाली अक्षरमा नाम लेखिएको जर्सी लगाएर खेलेका छन्।

 

नेपाली अक्षरमा खेलाडीको नाम लेखिएका जर्सी लिलामीमा राखिने भ्यालेन्सियाको आधिकारीक वेवसाइटमा जनाइएको छ। यसरी लिलामीबाट उठेको रकम अन्तर्राष्ट्रिय रेडक्रसमार्फत नेपालका भूकम्प पीडितका लागि नेपाल पठाइने क्लबले जनाएको छ।

football2
यसअघि पनि इबरसँग भएको खेलको टिकट बिक्रीको २ प्रतिशत रकम यूनिसेफमार्फत नेपाली भूकम्प पीडितको लागिखर्च गर्ने भ्यालेन्सियाले जनाएको थियो।


Valencia 1-1 Celta Vigo ~ [La Liga BBVA] - 17... by Goals-Highlights

Share on Google Plus

About ADVENT

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment

0 comments:

Post a Comment