१० जेठ, काठमाडौं । विनाशकारी भूकम्पका कारण क्षतिग्रस्त बनेका घरहरुको पुर्ननिर्माणका लागि उपयुक्त नमूना घर युवाहरुले प्रधानमन्त्री सुशील कोइरालालाई हस्तान्तरण गरेका छन्।
नेपाली कांग्रेसका युवा नेता मनिष कोइरालाको नेतृत्वमा आइतबार बालुवाटार पुगेका युवाहरुले अस्थायी घर बन्ने समय र लागतमै स्थायी घर बन्ने भन्दै नमूना घर हस्तान्तरण गरेका हुन्।
उनीहरुले भूकम्पका कारण क्षतिग्रस्त विभन्न गाउँमा त्यस्ता घर बनाउने प्रतिबद्धता समेत प्रधानमन्त्री कोइरालासग व्यक्त गरे।
अभियानका संयोजक मनिष कोइरालाका अनुसार सो समूहले पहिलो चरणमा काठमाडौंको पुर्वी भेगमा रहेको विश्वम्भरा गाउँमा स्थायी घरहरु निर्माण गर्नेछ।
‘हामीले विश्वम्भरा गाउँको दलित वस्तीबाट घर निर्माणको अभियान सुरु गरेका छौं र यसैबारेमा प्रधानमन्त्रीलाई हामीले जानकारी गरायौं।’, प्रधानमन्त्री संगको भेटपछि कोइरालाले भने।
अभियानमा सहभागि ईन्जिनियर नवराज त्रिपाठीले प्रभावित गाउँमा आफुहरुले बनाउन लागेको घरको नमूना बुझाएर अभियान सुरु गरेको बताए।
समूहमा सहभागी आर्किटेक्ट मेली शाहका अनुसार विश्वम्भरा गाउँबाट थालिने घर निर्माण अभियान अन्तर्गत काठ, बाँस, प्लेन पाता, जस्ता लगायतका निर्माण सामाग्री प्रयोग गरी भूकम्प प्रतिरोधी घर बनाइनेछ।
त्यस्ता घरहरुको निर्माण युवाहरुको श्रमदान र स्थानीय सहयोग सहित ६० हजार रुपैयामा तयार हुनेछ।युवाहरुबाट नमुना घर ग्रहण गरेपछि प्रधानमन्त्री सुशील कोइरालाले भूकम्प पछिको देश निर्माणमा आम युवाहरुको महत्वपूर्ण भूमिका हुने बताए।
प्रधानमन्त्री कोइरालाले पुर्ननिर्माणका लागि थालिएको सो अभियान सकरात्मक भएको भन्दै बढी भन्दा बढी युवाहरु पुर्ननिर्माणमा सक्रिय भएको आफूल हेर्न चाहेको बताए।
- Blogger Comment
Subscribe to:
Post Comments
(
Atom
)
0 comments:
Post a Comment