सहमतिको सरकार निर्माणबारे प्रमुख दलले छलफल थाले

७ जेठ, काठमाडौं । प्रमुख राजनीतिक दलहरुले राष्ट्रिय सहमतिको सरकार निर्माणबारे छलफल थालेका छन् ।


प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार साँझ बसेको कांग्रेस, एमाले, एमाओवादी र मधेसी मोर्चाको बैठकले विपत्तिको समाना गर्दै संविधान निर्माण र पुननिर्माणको कामका लागि संयुक्त सरकार आवश्यक औल्याएको छ । यसको स्वरुप र काम लगायतका बिषयमा छलफल गर्दै जाने सहमति दलहरुबीच भएको छ ।


‘मिलेर कसरी जाने भन्नेमा हामी केन्द्रित भएका छौ,’ बैठकपछि कांग्रेस उपसभापति रामचन्द्र पौडेलले कान्तिपुरसंग भने,‘सहमतिको सरकार बनाउने कुरा पनि छ, तर कसरी बनाउने कस्तो बनाउने भन्नेबारे ठोस धारणा बनिसकेको छैन ।’ उनले संविधान जारी हुने वातावरण तयार गरी अन्य काम समेत गर्ने राष्ट्रिय सहमतिको सरकार उपयुक्त हुने बताए । अझै संविधान मुख्य प्राथमिकता रहेकाले छिटो संविधान जारी गर्ने तर्फ पनि सहमति हुनुपर्ने उनले उल्लेख गरे ।


एमाले प्रमुख सचेतक अग्नि खरेलले राष्ट्रिय सहमतिको सरकारको आवश्यकता सबै दलले महसुस गरेको बताए । ‘बलियो राष्ट्रिय सहमतिको सरकार चाहिन्छ भन्नेमा सबै दल तयार छन्’ उनले भने,‘ यसका लागि अझै थप छलफल अघि बढाउने कुराभउको छ ।’ भुकम्पको विपत्ति आएपनि बसेको संसदको बिषेश अघिवेशनमा नै दलहरु राष्ट्रिय ो सहमतिको सरकार आवश्यक रहेको भन्दै प्रस्ताव राखेका थिए । पूर्व प्रधानमन्त्रीहरुले संसदमा कुरा उठाएपछि दलहरुले औपचारिक छलफल थालेका हुन् ।

Share on Google Plus

About ADVENT

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment

0 comments:

Post a Comment