भारतीय सेनाका कारण उल्टो २ सय नेपालीको ज्यान गएको छ

पोखरा, बैशाख २०
नेपालमा गएको विनाशकारी भूकम्पले बिचल्लीमा परेका पीडितलाई उद्धार गर्न आएको भारतीय सेनाका कारण उल्टो २ सय नेपालीको ज्यान गएको छ । भूकम्पले विचल्लीमा परेका पीडितको उद्धार गर्न आएको भारतीय सेनाको टोली चीन प्रवेश गरेपछि २ सय सिन्धुपाल्चोक बासीले ज्यान गुमाएका छन् । अघिल्लो शनिवार ७.८ रेक्टर स्केलको भूकम्प गएपछि सिमा क्षेत्रका करिव ५ सय ब्यक्ति सुरक्षित स्थानको खोजी गर्दै चीनको खास्सा पुगेका थिए । पहिलो दिन चीन सरकारले उनीहरुका लागि बस्ने त्रिपालसहितको ब्यवस्था पनि गरेको थियो । तर त्यही बेला पीडितलाई भेट्ने निहुँमा भारतीय सेनाको टोली हेलिकप्टरसहित खास्सा प्रवेश गर्न थालेपछि चीनले भूकम्प पीडित नेपालीलाई भगायो ।

‘आश्रय लिइरहेको ठाउँमा भारतका कारण चीन सरकारले बस्न नदिएपछि हामी घरतिर फर्कियौ’, पीडित संदिप नेपालले भने ‘पहिलो दिन बस्न दिएको थियो तर हामी बसेको ठाउँमाथी भारतीय सेनाको हेलिकप्टर देखा परेपछि लखेट्यो ।’ भूकम्प पीडितलाई सहयोग गर्ने निहुँमा भारतीय सेनाको हेलिकप्टर चीन प्रवेश गरेपछि सवै नेपालीलाई चीन सरकारले सिमा बाहिर जान आदेश दिएको थियो । चीन सरकारको आदेशमा लस्करै लागेर फर्किने क्रममा सोमवार फेरी ६.८ रेक्टर स्केलको अर्काे ठुलो भूकम्प गयो । त्यही बेला सडकमा पहिरो गयो, र २ सय जनाले ज्यान गुमाए, खास्साबाट फर्किदै गरेका संदिपले भने ‘हामी ५ सय जनाजति फर्किदै थियो त्यो मध्येमा २ सयको ज्यान पहिरोमा गयो ।

 संदिपका अनुसार चीन सरकारले फिर्ता पठाएपछि लहरै लागेर सिन्धुपाल्चोकबासी फर्किदै थिए । दोस्रो ठुलो भूकम्पले सडकमा पहिरो गएपछि कयौ गाडी समेत पुरिएका थिए । त्यो कहाली लाग्दो समय सम्झदै संदिपले भने ‘मेरै भाई नाता पर्ने भाई र मसँगै थियो, फर्किदै गर्दा माथीबाट पहिरो आयो, पहिलो ढुंगा उसलाई लाग्यो, फेरी उठेर हिड्न खोजेको थियो अर्काे पहाडै आएर लियो’ आँखाभरी आँशु पार्दै संदिपले भने ‘त्यही पहिरोमा मात्र ५० भन्दा बढिले ज्यान गुमाए तर म भने बाँचे ।’ खास्सामै बस्न पाएको भए त्यति ठुलो मानवीय क्षति नहुने ठहर उनले गरेका छन् । 


Share on Google Plus

About ADVENT

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment

0 comments:

Post a Comment