बलात्कारपछि ४२ वर्ष कोमामा रहेकी नर्सको निधन

४ जेठ, काठमाडौं । बलात्कारपछि ४२ वर्षसम्म कोमामा रहेकी भारतीय एक नर्सको सोमबार मृत्यु भएको छ। मुम्बर्इको किङ एडवर्ड मेमोरियल अस्पतालमा ४२ वर्षदेखि कोमा रहेकी ६० वर्षीया नर्स अरुणा शानबागको निधन भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्।


भारतीय सञचारमाध्यमका अनुसार शानबाग निमोनियाबाट बिरामी परेपछि उनको उपचार भइरहेको थियो। उनको स्वास्थ्य अवस्था गम्भीर भएपछि तीनदिनदेखि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो।


नोभेम्बर २७, १९७३ मा उनलाई किंग एडवार्ड मेमोरिअल अस्पताल सोहनलाल बार्था वाल्मिकी भन्ने ‘स्वीपर’ले अस्पतालको भुँइतल्लामा कपडा फेर्दै गरेको अवस्थामा बलात्कार गरेका थिए । कुकुर बाँध्ने शिक्रीले मुख बाँधेर क्रुर शैलीमा अप्रातिक ‘गुदा मैथुन’ गरेका थिए । मुख थुनिएर अक्सिजन उनको दिमागमा पुग्न बाट रोकिन गइ उनको शरीरका धेरै अंगहरु दिर्घकालिन आघात पुगेको थियो ।शरीर चलाउन नसक्ने स्थितिकी पिडित त्यसपछि कोमामा गएकी थिइन् ।


सोहनलाललाई अदालतले डकैती र ज्यान मार्ने उद्योगको आरोपमा ७-७ बर्ष गरि १४ बर्ष जेल सजाय दिएको थियो l सोहनलाललाइ बलात्कार र अप्रकातिक यौनको लागी मुद्दा चलाइएन । समाचार माध्यमका अनुसार पिडितलाई सामाजिक बाहिस्कार हुने डर र उनको हुन लागेको बिबाह बिग्रने चिन्ताका कारण अस्पतालका डीनले बलात्कारको मुद्धा दायर गर्न मानेन ।


यसअघि शानबागको जीवनबारे किताब लेख्ने लेखिका पिङ्की विरानीले भारतको उच्च अदालतमा शानबागको इच्छा मृत्युको माग गरेकी थिइन्। यद्यपी अदालतले उनको माग खारेज गरेको थियो।

Share on Google Plus

About ADVENT

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment

0 comments:

Post a Comment