कतारमा भएको दुर्घटनामा चार नेपालीको ज्यान गयो

qatar-accident


६ जेठ, कतार । कतारमा बुधबार बिहान भएको सवारी दुर्घटनामा परी दुईजना नेपालीको ज्यान गएको छ । मजदुर बोकेको मिनिबस ट्रकसँग ठोक्किँदा भएको दुर्घटनामा २ जना नेपाली र २ जना फिलिपिन्सका नागरिककको ज्यान गएको हो ।


ज्यान गुमाएका चारैजनाको शव कतारस्थित वाक्राह अस्पतालमा राखिएको दोहा न्यूजले जनाएको छ । ज्यान गुमाउनेहरुमा ४५ वर्षीय रामप्रसाद राजवंशी र २२ वर्षीय गिरिराज खनाल रहेका छन् ।


accident 2
ज्यान गुमाउने चारैजना दोहास्थित एक निर्माण कम्पनीका मजदुर थिए । घटनामा घाइते भएका नेपाली र अन्य देशका नागरिकको अवस्था खुल्न सकेको छैन ।


त्यसैगरी अर्को एक दुर्घटनामा पनि दुई नेपालीको ज्यान गएको छ । सो दुर्घटनामा भक्त कामी र सानी चमारको ज्यान गएको बताइएपनि उनीहरुको ठेगाना खुल्न सकेको छैन ।

Share on Google Plus

About ADVENT

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment

0 comments:

Post a Comment