घरबाहिर असुरक्षा रहेको भन्दै बैंकमा पैसा राख्ने बढे

१२ जेठ, काठमाडौं । भूकम्पपछि बैंक तथा वित्तीय संस्थामा पैसा झिक्न ग्राहकको लर्को लाग्ने अनुमानबिपरीत सुरक्षाका लागि पैसा जम्मा गर्न आाउनेको संख्या बढेको छ। ग्राहकलाई थेग्न नसकिएला भनेर बैंकहरुले सुरुमा ५० हजार रुपैयाँसम्म मात्र झिक्न पाइने सीमा लगाएका थिए। अनुमानभन्दा फरक पैसा झिक्ने भन्दा सुरक्षाका लागि पैसा जम्मा गर्ने प्रवृति देखिएको बैंकर बताउँछन्।



भूकम्पको अघिल्लो दिन वैशाख ११ गते बैंकमा १३ खर्ब ३१ अर्ब रुपैयाँ रकम रहेको थियो। १२ गतेको भूकम्पदेखि जेठ १ गतेसम्म वाणिज्य बैंकहरुमा मात्र करिब ४१ अर्ब रुपैयाँ रकम थपिएको छ । सोही अवधिमा कर्जा तथा लगानी ११ अर्ब भएको छ। लगानी भएको रकम पनि भूकम्प आउनुपूर्व नै ऋण स्वीकृत भएकाले लिएको बैंकहरु बताउँछन् । भूकम्पपछि बैंक तथा वित्तीय संस्थाबाट नयाँ कर्जा स्वीकृति प्रायः ठप्प रहेको उनीहरुको भनाई रहेको नागरिकमा खबर छ।



हालसम्म बैंकमा १३ खर्ब ७२ अर्ब रुपैयाँ जम्मा भएको छ । त्यसमध्ये १० खर्ब ८९ अर्ब लगानी भएको छ । वैशाख १२ गतेको ७.६ रेक्टर स्केलको भूकम्पपछि पनि शक्तिशाली कम्पन आउनले क्रम रोकिएनन् । भूकम्प पुनः आउने त्रास देखाएर चोरी गर्ने क्रम बढेपछि बैंक तथा वित्तीय संस्थामा रकम जम्माको क्रम पनि बढ्न पुगेको बैंक तथा वित्तीय संस्थाको भनाई छ । चोरडाँकाबाट सुरक्षाका लागि सर्वसाधारणले बैंकमा पैसा राख्न थालेको राष्ट्रिय वाणिज्य बैंकका अध्यक्ष रेवतबहादुर कार्कीले बताए ।



‘भूकम्पले घरमा बस्न नसक्ने अवस्था र सुरक्षाका लागि खाली ठाँउमा बस्दा पैसा असुरक्षित हुने डरका कारण बैंकमा रकम जम्मा गर्न पुगेका हुन,’ कार्कीले भने, ‘भूकम्प अघि ऋण लगानी बढेको र रकम जम्मा गर्ने क्रम शिथिल भएको थियो । भूकम्पपछि त्यसको ठिक उल्टो बैंकमा रकम जम्मा गर्ने बढे र ऋण लिने घटे।’

Share on Google Plus

About ADVENT

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment

0 comments:

Post a Comment