भूकम्पपीडित बालबालिकालाई काठमाडौ ल्याउने विरुद्ध अनुसन्धान सुरु

११ जेठ, काठमाडौ । भूकम्प प्रभावित दोलखाको लिपिलाङ गाविसबाट १९ बालबालिकाालाई अबैध रुपमा काठमाडौ ल्याउने ७ जनाविरुद्ध मानव बेचविखन अभियोगमा अनुसन्धान सुरु भएको छ ।



भारतको देहरादून लैजाने उद्देश्यले सरकारी निकायलाई पत्ते नदिई बालबालिका ल्याउने भारतीय नागरिक लोप्साङ दाबा र फुन्चोक टासी तथा बालबालिका खोज्न सघाउने पूर्ण धामी, किरण धामी र सुष्मा श्रेष्ठविरुद्ध मानव ओसारपसार अभियोगमा काठमाडौ प्रहरीले तथा अन्य दुई जनाविरुद्ध ललितपुर प्रहरीले अनुसन्धानअघि बढाएको नागरिक दैनिकमा खबर छ ।



देहरादूनस्थित ‘पेस्तालोजी चिन्ड्रेन भिलेज’ का प्रतिनिधिले बिनाअनुमति दोलखाबाट ११ बालक र ८ बालिका ल्याएर काठमाडौको एसओएस तथा ललितपुर, लुभुको मेरीवार्ड स्कुलमा राखेको राखेको अवस्थामा प्रहरीले उद्धार गरेको थियो ।



एक जिल्लाका बालबालिकलाई अर्को जिल्लामा लैजान अभिभावकको स्वीकृतिसहित जिल्ला बालकल्याण समिति, जिल्ला प्रशासन कार्यालय, गाउँ विकास समिति वा स्थानीय प्रहरीको पूर्वअनुमति लिनुपर्ने कानूनी प्रावधान छ ।



यसविपरित उनीहरुले कसैको अनुमति नलिई भारत लैजान ती बालबालिका उपत्यका भित्राएका थिए । केन्द्रीय बाल कल्याण समितिले उनीहरुले पूर्व अनुमति नलिई बालबालिका ल्याएकाले मानव ओसारपसार सम्बन्धी कानून आकषिर्त हुने भन्दै प्रहरीमा निवेदन दिएपछि अनुसन्धान प्रक्रिया अघि बढाएको महानगरीय प्रहरी वृत्त बानेश्वरका डीएसपी दानबहादुर कार्कीले जानकारी दिए ।

Share on Google Plus

About ADVENT

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment

0 comments:

Post a Comment