जगदम्बा स्टिलस्‌ले धरहरा पुनर्निर्माण गर्ने

काठमाडौं, बैशाख २१  
जगदम्बा स्टिलस्ले महाभूकम्पले क्षतिग्रस्त बनाएको काठमाडौंको धरहरा पुनर्निर्माण गर्ने प्रतिबद्धता जनाएको छ। राष्ट्रकै महत्त्वपूर्ण एेतिहासिक धरोहर धरहराको पुनर्निर्माणको लागि कम्पनीले प्रधानमन्त्रीसमक्ष अनुमतिको लागि निवेदन प्रस्तुत गरेको जगदम्बा स्टिलस्का अध्यक्ष साहिल अग्रवालले बताए।


'नेपाल सरकारले अनुमति दिएको दिनदेखि नै कम्पनीले सम्पूर्ण खर्च व्यहोरी धरहरालाई पहिलेकै स्वरूपमा पुनर्निर्माण गर्ने प्रक्रिया सुरु गर्न हामी तयार छौं', अग्रवालले भने, 'कम्पनीले भूकम्पपीडित समुदायलाई लक्षित गरी विभिन्न राहत कार्यक्रमहरू पनि सञ्चालन गरिरहेको छ।'

यसैगरी कम्पनी आर्थिक रूपले कमजोर जनतालाई भत्किएको घर पुनर्निर्माण गर्न सहयोगार्थ आफ्ना उत्पादनहरूको बजार मूल्यमा सहुलियत प्रदान गर्न प्रतिबद्ध रहेको जगदम्बा स्ट्रिलस्का प्रमुख कार्यकारी अधिकृत आनन्द नेपालले जानकारी दिए।
Share on Google Plus

About ADVENT

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment

0 comments:

Post a Comment