ग्राण्डी अस्पतालले चन्दा उठाएपछि सरकार झस्कियो

काठमाडौं,  वैशाख २०  
भूकम्पको निहुँमा उठाइने रकम राष्ट्र बैंकले तान्ने
नेपाल सरकारले भूकम्प पीडितहरुको निशुल्क उपचार गर्न सरकारी एवं निजी अस्पतालहरुलाई निर्देशन दिएको छ । तर, सरकारी निर्देशनको विपरीत काठमाडौंको धापासीस्थित ग्रान्डी इन्टरनेशनल हस्पिटलले चन्दाका लागि सार्वजनिक आह्वान गरेको छ ।

सरकारले निशुल्क उपचार गर्न भनेका बेला ग्रान्डी अस्पतालले चन्दाका लागि सार्वजनिक आह्वान गर्‍यो,’ अर्थमन्त्रालयका एक अधिकारीले अनलाइनखबरसँग भने,’यही कारणले गर्दा मन्त्रिपरिषद बैठकले संघसंस्थाबाट खोलिएको खाता राष्ट्र बैंकमार्फत् ‘इयरमार्क’ गर्ने निर्णय गरेको हो ।

भूकम्पको निहूँ गरेर बिरामीको संख्या देखाउँदै त्यसै पैसा जम्मा गर्नु अस्पतालको बेइमानी भएको मन्त्रालय स्रोतको तर्क छ । ‘सरकारले निशुल्क भनेपछि त्यसरी बिरामीलाई देखाएर चन्दा माग्नु आर्थिक बेइमानी हो, स्रोतले भन्यो, ‘यस्तै कार्यले गर्दा सरकार झस्किएको हो ।’

ग्राण्डी अस्पतालले भूकम्प पीडितका लागि खर्च गर्ने भन्दै सार्वजनिकरुपमा चन्दा दिन आग्रह गरेको छ । यसबा लागि एभरेष्ट बैंकको न्युरोड शाखामा ००२००१०५२००४५१ नम्बरको खाता खोलिएको अस्पतालका मेडिकल डाइरेक्टर चक्रराज पाण्डे र सीइओ सफिक मोहम्मदले जनाएका छन् ।

पाण्डे र सफिकले गरेको डोनेसन आह्वानमा आफ्नो अस्पतालमा ३ सय भूकम्प पीडितहरुले अस्पतालभित्र र बाहिर बसेर उपचार सेवा लिइरहेको र अस्पताललाई खानेकुरा, पानी, ब्लाङ्केट र टेण्टको आवश्यकता परेकोले डोनेशन गर्न आग्रह गरिएको छ ।

अस्पताललाई भूकम्पले कुनै क्षति नपुर्‍याएको र ढुक्कसँगले उपचार गर्न आउन अस्पतालले सबैमा आग्रहसमेत गरेको छ ।

ग्राण्डी अस्पतालले भूकम्प पीडितलाई देखाएर खोलेको यो खातामा जम्मा हुने कुनै पनि सहयोग रकम राष्ट्र बैंकले ‘इयरमार्क’ गरी प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषको खातामा तान्ने अर्थ मन्त्रालयले जनाएको छ ।



Share on Google Plus

About ADVENT

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment

0 comments:

Post a Comment