टिममा पर्न घुसको रुपमा ‘सेक्स’

९ जेठ, कोलम्बो । श्रीलंकाको राष्ट्रिय महिला क्रिकेट टिममा पर्नका लागि क्रिकेट बोर्डका केही सदस्यले खेलाडीको यौन शोषण गर्ने गरेको तथ्य फेला पारेको छ ।



श्रीलंकाको खेल मन्त्रालयद्वारा गठित जाँचबुझ समितिले टिममा स्थान पाउनका लागि खेलाडीहरुलाई यौन सम्पर्क राख्न दबाब दिने गरेको रिपोर्ट बुझाएको छ । सर्वोच्च अदालतका पूर्व न्यायाधीश निमल दिशानायकेको नेतृत्वमा गठित ३ सदस्यीय समितिको रिपोर्ट बुधबार मन्त्रालयलाई बुझाएको थियो ।



‘समितिले बुझाएको अनुसन्धान रिपोर्टमा अधिकांश महिला क्रिकेटर माथि यौन शोषण हुने गरेको छ,’ खेल मन्त्रालयले जारी गरेको वक्तव्यमा उल्लेख छ, ‘उक्त अपराधमा संलग्न सबैलाई कारबाहीको दायरामा ल्याउन खेल मन्त्रीले आदेश गरिसक्नुभएको छ ।’



खेल मन्त्रालयद्वारा जारी वक्तव्यमा को–को उक्त अपराधमा संलग्न थिए, उनीहरू विरुद्ध के कस्ता प्रमाण फेला परे तथा संलग्नमाथि कस्तो कारवाही हुन्छ भन्ने बारे भने केही खुलाइएको छैन ।



हिन्दुस्तान टाइम्सको अनलाइनमा प्रकाशित समाचार अनुसार एक स्थानीय पत्रिका ‘दिवाइना’ले श्रीलंका महिला टिमकी अग्रज महिला खेलाडीलाई टिम व्यवस्थापनले यौन ईच्छा पुरे नगरेकै कारण टिमबाट हटाईएको समाचार छापे सँगै यो विवादको जन्म भएको थियो ।



हाल श्रीलंकन महिला क्रिकेट टिम आईसिसीको विश्व बरियतामा छैठौं नम्बरमा छ ।

Share on Google Plus

About ADVENT

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment

0 comments:

Post a Comment