आईपिएलमा आज लिग चरणका निर्णायक खेल

भारत, जेष्ठ ३ - आईपीएल टी–२०मा आइतबार लिग चरणका अन्तिम खेलहरु हुँदैछन्। आज हुने दुई खेलले अन्तिम चारमा पुग्ने टोलीको तय हुनेछ।


शनिबार राति राजस्थान रोयल्सले डिफेन्डिङ च्याम्पियन कोलकाता नाइट राइडर्सलाई नमिठो पराजयको स्वाद चखाएपछि लिग चरणको अंक तालिकामा दोस्रो स्थान पक्का गर्दै अन्तिम चारमा प्रवेश गरेको हो।


यस्तै शुक्रबार भएको खेलमा चेन्नईले अंक तालिकाको पुछारमा रहेको कि‌ग्स इलेभेन पन्जाबलाई सजिलै पराजित गरी अंक तालिकाको शीर्ष स्थान कब्जा गरिसकेको छ। १४ खेलमा १८ अंक बटुल्दै चेन्नई शीर्ष बनेकाे हाे ।

शनिबार रातिको खेलमा सेन वाट्सनले ५९ बलमा अविजित १०४ रन बनाएसँगै राजस्थानले २० ओभरमा कोलकाता सामु १९९ रनको लक्ष्य दिएको थियो। कोलकाताले अन्तिम बलसम्म संघर्ष गरे पनि २० ओभरमा मात्र १९० बनाउन सक्यो।


यो पराजयपछि कोलकाताको अन्तिम ४ मा पुग्ने आशा गणितीय जोड घटाउले मात्र सम्भव भएको छ। यदि आजको हैदरावाद र मुम्बईबीचको खेललाई वर्षाले अवरोध गरे मात्र कोलकाता अन्तिम ४ मा पुग्नसक्छ। उसको १४ खेलमा जम्मा १५ अंक छ। अन्यथा दुईमध्ये जुन टिम विजयी हुन्छ त्यही अगाडि बढ्छ।


यस्तै, कोलकाताको अर्को गणितीय सम्भावना भनेको दिल्लीले बैंगलोरलाई भारी रन अन्तरले पराजित गर्नु हो। तर, बैंगलोरको हालको फर्म हेर्दा त्यो असम्भव नै देखिन्छ। किनकी दिल्ली यो सिजन अंक तालिकाको पुछारमा छ भने बैंगलोर तेस्रो स्थानमा छ।

Share on Google Plus

About ADVENT

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment

0 comments:

Post a Comment