सिटिजन्स बैंकको एक करोड सहयोग

काठमाडौं,  बैशाख २१  
भूकम्प पीडितलाई सिटिजन्स बैंक इन्टरनेसनलले एक करोड रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेको छ । बैंकले ५० लाख रुपैयाँ प्रधानमन्त्री दैबी प्रकोप उद्धारा कोषमा जम्मा गर्ने र बाँकी ५० लाख रुपैयाँको राहत सामाग्री खरिद गरेर आफै वितरण गर्ने भएको छ ।



बैंकले वैशाख १८ गते खोकनाका भूकम्प पिडीतको उद्धारका लागि ८ सय थान हेल्मेट, ६० थान सावेल, ८ थान व्हील ब्यारोे, ३४५ जोर गमबुट, ३० थान पिक, ८ सय जोर पञ्जा, ८ थान ट्रली लगायतका उद्धार सामाग्री उपलब्ध गराइसकेको छ ।


बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्घार कोषमा रकम संकलन गर्ने प्रयोजनका लागि बैंकमा ००१०००२५६२ सीए नम्बरको खाता समेत खोलेको छ । बैंकले सम्पूर्ण स्वदेशी तथा विदेशी व्यक्ति, संघसंस्था , व्यवसायिक फर्म, एजेन्सी लगायत बैंकका कर्मचारीहरु समेतलाई सक्दो रकम जम्मा गरिदिन आग्रह समेत गरेको छ ।
यस खातामा जम्मा भएको सबै रकम पछि प्रधानमन्न्त्री दैवी प्रकोप उद्धार कोषलाई हस्तान्तरण गर्ने बैंकले जनाएको छ ।
Share on Google Plus

About ADVENT

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment

0 comments:

Post a Comment