कक्षा ११ र १२ को परीक्षा तालिका सार्वजनिक

४ जेठ, काठमाडौं । उच्च माध्यमिक शिक्षा परिषद्ले कक्षा ११ र १२ को परीक्षा तालिका सार्वजनिक गरेको छ । कक्षा १२ को जेठ २० र कक्षा ११ को परीक्षा असार १ गतेबाट हुने परिषद्ले जनाएको छ ।


भूकम्पले धेरै क्षति पुगेको गोरखा, सिन्धुपाल्चोक, दोलखा, नुवाकोट, धादिङ, काभ्रे र रामेछापमा भने पछि मात्र परीक्षा हुनेछ ।


सात जिल्लाका विद्यार्थीमा भूकम्पले बढी नै मनोवैज्ञानिक असर पारेको र जिल्लाको परीक्षा संचलन गर्न नसकिने परिषदको निष्कर्ष छ ।


कुनै परीक्षा केन्द्रले परीक्षा संचलन गर्न सक्ने जानकारी १० गते भित्र गराएमा भने परीक्षा लिइने परीक्षा नियन्त्रक सन्तोषकुमार अर्यालले जानकारी दिए ।


हाल परीक्षा नभएका जिल्लाहरूमा शैक्षिक सत्र खेर नजाने गरी नयाँ परीक्षा तालिका छिट्टै नै सार्वजनिक गरिने उनेल बताए ।


वैशाख १२ को विनाशकारी भूकम्पका कारण कक्षा ११ र १२ को परीक्षा स्थगित भएको थियो । कक्षा १२ को वैशाख २० र ११ को जेठ १ गतेबाट हुने उल्लेख थियो ।


Share on Google Plus

About ADVENT

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment

0 comments:

Post a Comment