भूकम्पपीडितलाई निशुल्क सेवा दिन, यातायात व्यवसायीको कन्जुस्याइ

काठमाडौँ, वैशाख १७  
महाभूकम्पपछि राजधानी काठमाडौँ छाडेर गृहजिल्ला आउन चाहनेका लागि विभिन्न जिल्लाका बस ब्यवसायी समितिले यात्रुका लागि निशुल्क बस ब्यवस्था गरेपनि बाँकेमा रहेका भेरी, सार्वजनिक भेरी, बागेश्वरी र नमस्ते नेपाल बस ब्यवसायी समितिले उक्त सुविधा दिन सकेनन् । सवारी साधन नपाउँदा राजधानीमा अल्पत्र परेकाहरुलाई चाँडोभन्दा चाँडो गृहजिल्ला ल्याउन राप्ती अञ्चल बस ब्यवसायी समिति दाङसँगै अन्य जिल्लाका बस ब्यवसायी समितिले राहतस्वरुप निशुल्क बसको ब्यवस्था गरेका छन् । 

महाभूकम्पमा परेर अल्पत्र परेका दाङगालीको उद्धार गरी गृह जिल्ला ल्याउन राप्ती बस ब्यवसायी समितिले २५ वटा बस काठमाडौँ पठाएको समितिका अध्यक्ष सुरेश हमालले जानकारी दिए । सुर्खेतको मध्यपश्चिम बस ब्यवसायी समिति, सिस्ने बस ब्यवसायी समिति रुकुम, सुदूरपश्चिम बस ब्यवसायी समिति धनगढी, कर्णाली रिभर साईड यातायात व्यवसायी समिति कैलालीले पनि निशुल्क बस सेवा दिएका छन् । 

बाँकेका बस ब्यवसायी समितिले बस नपठाउँदा अन्य जिल्लाका बसमा आउन बाध्य भएको काठमाडौँबाट मंगलबार बाँके आएकी उमा शर्माले बताइन् । उनी बाँकेको बस नपाएर कैलालीबाट सञ्चालन भएको बसमा (बा“की ४ पेजमा) कोहलपुरसम्म आएकी थिइन् । तर, भेरी बस ब्यवसायी समितिका अध्यक्ष डेकनाथ गौतमले भूकम्प आएको दोस्रो दिन नै यात्रुको सुविधाका लागि थप बस काठमाडौँ पठाएको दावी गरे । उनले काठमाडौँबाट नजिकका समितिले मात्र निशुल्क बस ब्यवस्था गरेको बताए । 

‘पृथ्वी र पश्चिम यातायात बस समितिलेमात्र निशुल्क बस ब्यवस्था गरेको जानकारी आएको छ,’ उनले भने, ‘लामो रुटमा निशुल्क सेवा दिन सकिदैन ।’ उनले देसभरका यातायात ब्यवसायीमध्ये भेरी बस ब्यवसायी समितिले सबैभन्दा पहिले भूकम्प पीडितका लागि राहत पठाएको बताए । उनले बाँकेका बस ब्यवसायी समितिले गर्न सक्ने सयहोग जारी रहने बताए । 
Share on Google Plus

About ADVENT

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment

0 comments:

Post a Comment