जोखिम मोलेर जीवन बचाउँदै

१८ वैशाख, काठमाडौं 
सुरक्षाकर्मीहरु आफ्नो ज्यान जोखिममा राखेर भूकम्पबाट भत्किएको भग्नावेशभित्र जीवन खोजिरहेका छन्। सुरक्षकर्मीहरुको साहसिक र जोखिमपूर्ण उद्धारबाट भूकम्पमा पुरिएका  केहीले जीवन पाएका छन् ।

बिहीबार मात्र गोंगबुमा एक बालक र महिलालाइ छ दिन जीवितै उद्धार गरिएको छ।नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी बल संयुक्त रुपमा उद्धारमा दिनरात खटिएका छन्। उनीहरुलाई भारत, चीन र अन्य देशबाट आएका तालिमप्राप्त उद्धारकर्ताहरुले पनि सघाएका छन्।
सुरक्षाकर्मीले राजधानीको गोंगबुस्थित जनसेवा गेस्टहाउसमा ६ दिनदेखि पुरिएकी एक युवतीको जीवितै उद्धार गरेका छन्।

नेपाली सेना, नेपाल प्रहरी, भारतीय एमडीआरफ, इजरायल र नर्वेको संयुक्त टोलीले बिहीबार उक्त गेस्टहाउसबाट बर्दियाकी २४ वर्षीया कृष्णदेवी खड्कालाई जीवितै उद्धार गरेको हो।
प्रहरीउपरीक्षक ठूले राई नेतृत्वको टोलीले स भावित पीडितको खोजी गर्दै जाने क्रममा उक्त गेस्टहाउसबाट राति आठ बजे खड्काको उद्धार गरेको हो। उनलाई उपचारका लागि छाउनीस्थित नेपाली सेनाको अस्पतालमा पठाइएको छ।
राईका अनुसार सोही गेस्टहाउसमा खोजी गर्दा पर्वतका नारायणप्रसाद तिमिल्सिनाको मृत शरीर पनि भेटिएको छ।'सम्भावित पीडित खोज्दै जाने क्रममा पर्खाल भत्काउँदा तिमिल्सिनाको लास भेटियो', एसपी राईले अन्नपूर्णसँग भने, 'त्यसपछि ती महिलालाई जीवितै भेटियो।'
खड्काको घर बर्दिया रहेको र उनको विस्तृत विवरण खुलिनसकेको राईले बताए। 'उनलाई उपचारका लागि अस्पतालमा पठाइएको छ। विस्तृत जानकारी आउन बाँकी छ', उनले भने।
यसअघि सशस्त्र प्रहरीको एउटा टोलीले बिहीबार बिहान राजधानीको गोंगबुबाट १५ वर्षीय पे बा लामाको जीवितै उद्धार गरेको थियो। उनी १२० घन्टास म भत्केका घरको भग्नावशेषमा जीवितै फेला परेका थिए।

यसैबीच नेपाली सेनाले भूकम्पबाट घाइते भएकाको उद्धार र मृतकहरूको शव भग्नावशेषबाट निकाल्ने काम प्रभावकारी ढंगबाट भइरहेको जनाएको छ। सैनिक मुख्यालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा भूकम्पबाट बढी प्रभावित १० जिल्लामा प्रभावकारी ढंगबाट उद्धार भइरहेको जानकारी दिइएको हो।

सेनाले बढी प्रभावित जिल्लाका घाइतेको उपचार गर्नुका साथै उनीहरूका परिवारलाई केही राहतसमेत वितरण गरिएको जनाएको छ। उपरथी विनोद बस्नेतले विभिन्न २७ मुलुकबाट आएका विभिन्न सैन्य तथा मेडिकल टिमसँगको सहकार्यमा उद्धार र उपचारमा कुनै कसर बाँकी नराखिएको बताए।
प्रभावित क्षेत्रमा नेपाली सेनाले छुट्टै मेडिकल टिम र सैन्य टिम पनि परिचालन गरेको छ। सैनिक प्रवक्ता जगदीशचन्द्र पोख्रेलले उद्धारका लागि सबै विकल्प प्रयोग गरिएको बताए।
Share on Google Plus

About ADVENT

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment

0 comments:

Post a Comment