घर हल्यो तार हल्यो भुँईचालो गएछ

गीत 

श्रमिक बराल – घर हल्यो तार हल्यो भुँईचालो गएछ ।
चेतनशील मानिसले ढिलो थाहा पाएछ ।

जमीनमा बस्ने जीव टाढाटाढा लागेछन्
विपत्तिमा बच्ने भनी छिटोछिटो भागेछन्
रुख हल्यो छत हल्यो भुँईचालो गएछ
विवेकशील मानिसले ढिलो थाहा पाएछ ।

कुराकानी नगर्नेले पूर्व संकेत गरेछन्
सुझबुझ छ भन्नेले समय खेर फालेछन्
धरती हल्यो भूई हल्यो भुँईचालो गएछ
जान्ने ठान्ने मानिसले ढिलो थाहा पाएछ

चराहरू कराएछन् जनावर डराएछन्
बस्न हुन्न यहाँ भनी अन्तैतिर हराएछन्
भित्ता हल्यो पर्खाल हल्यो भुँईचालो गएछ
आफै ज्ञानी छुँ भन्नेले ढिलो थाहा पाएछ ।

संकेत गरी सबैलाई सुरक्षित ठाउँ लगेछन्
पूर्व तयारी नगर्नेलाई क्षति धेरै भएछन्
छत हल्यो पुल हल्यो भुँईचालो गएछ
उत्तम प्राणी भन्नेले ढिलो थाहा पाएछ ।
Share on Google Plus

About ADVENT

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment

0 comments:

Post a Comment