संसारको वीर नेपाली फेरि उठ्छ फेरि जुट्छ

दुनियाँलाई झुक्कायर कसरी पो आईस् दैब ।

बच्चा , युवा, बृद्ध सबै एकैछाकमा खाईस् दैब ।।

नेपालको शान थियो, मठ मन्दिर धरहरा ।

नछोडेर गाँउ सहर घर सडक भत्काईस् दैब ।।

कतिपय को साथ छुट्यो कति भए बेसाहारा ।

हजारौ ज्यानको सपनालाई माटो भित्र मिलाईस् दैब ।।

हर्ष उल्लास खोसि लगिस् खेलिस् होली रगतको ।

सान्त देश शोकाकुल भो कस्तो लिला रचाईस् दैब ।।

संसारको बीर नेपाली फेरि उठ्छ फेरि जुट्छ ।

भूकम्पको चपेटामा नराम्ररी फसाईस् दैब ।।

दुनियाँको फूलबारी सुन्दर हाम्रो नेपाललाई।

भताभुड्ग लछारेर आफ्नो घर सजाईस् दैब ।।

 –  रजिस्मा केसी, नयाँ दिल्ली

Share on Google Plus

About ADVENT

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment

0 comments:

Post a Comment