६ दिनमा २४ करोड कल

काठमाडौं, वैशाख १८
शनिबारको भूकम्पपछि राहत र उद्धारमा सहयोग पुर्‍याउन नेपाल टेलिकमले दिएको निःशुल्क मोबाइल फोन ६ दिनको अवधिमा २४ करोडपटक प्रयोग भएको छ। टेलिकमले औसत २ मिनेट ३० सेकेन्डको निःशुल्क भ्वाइस सेवा दिएकोमा त्यसलाई दैनिक ४ करोडपटक डायल भएको टेलिकमले जनाएको छ। टेलिकमले शनिबारदेखि दिएको निःशुल्क सेवा बिहीबार राति १२ बजेदेखि सकिएको छ।

नेपाल टेलिकमका प्रबन्ध निर्देशक बुद्धिप्रसाद आचार्यले बिपतको बेला टेलिकमले दिएको सेवा प्रयोग गर्ने संख्या शनिबारदेखि बिहिबारसम्म दोब्बर रहेको बताए। अघिपछि साधारण समयमा टेलिकमको १ करोड ९५ लाख कल संख्या हुन्थ्यो तर शनिबार गएको भूकम्पका कारण दैनिक ४ करोड कल संख्या भएको उनले बताए। 


‘भूकम्पमा थुप्रै क्षति भए पनि उद्धार र राहतमा सहयोग पुगोस् भन्ने भावनाले टेलिकमले निःशुल्क सेवा दिएको हो,' उनले भने। अचानक गएको भूकम्पले अत्तालिँदा सबैले मोबाइल फोन प्रयोग गर्ने हुनाले जिएसएम र सिडिएमएको क्षमता बढाएर निःशुल्क सेवा दिँदा प्रभावकारी देखिएको उनले बताए। ‘यो सेवालाई हामीले मूल्यमा नापेका छैनौं, तर पनि टेलिकमले बिपतको बेला ६ दिनमा झन्डै १ अर्ब बराबरको निःशुल्क सेवा दिएको छ,' उनले भने। 

यस अवधिमा झन्डै २ करोड एसएमएस आदानप्रदान भएको टेलिकमले जनाएको छ।
Share on Google Plus

About ADVENT

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment

0 comments:

Post a Comment