टी-२० क्रिकेटमा क्रिस गेलले हाने ५०० छक्का



काठमाडौँ, वैशाख १७

वेस्ट इन्डिजका अलराउन्डर क्रिस गेल टी-२० क्रिकेटमा ५०० छक्का प्रहार गरेका छन् । बुधबार राजस्थान रोयल्सबिरुद्ध खेल्दा टिम साउदीको बलमा एउटा छक्का प्रहार गर्दै टी-२० मा ५०० छक्का प्रहार गर्ने पहिलो क्रिकेेटर बनेका छन् ।

टी-२० क्रिकेटमा सर्वार्धिक छक्का रेकर्डको पहिलो स्थानमा गेल छन् । दोस्रो स्थानमा वेस्ट इन्डिजकै केरन पोलार्ड छन् । पोलार्डले ३४८ छक्का प्रहार गरेका छन् । तेस्रो स्थानमा किविन स्किीपर ब्रेन्डन म्याकलम छन् । म्याकलमले २६१ छक्का प्रहार गरेका छन् ।

चौथो स्थानमा वेस्ट इन्डिजका ड्वन स्मिथ छन् । उनले २५६ छक्का प्रहार गरेका छन् ।
Share on Google Plus

About ADVENT

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment

0 comments:

Post a Comment